logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सैन्य अधिकार लिन खाेज्नु अधिनायकवादी आकांक्षा : नेका


  • राजनीति
  • बिहिबार, चैत्र ७ २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रस्तावित विधेयकले राष्ट्रिय सुरक्षा परिषद्लाई नै प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयास गरेको आरोप लगाउँदै गम्भीर प्रश्न उब्जाएको बताएको छ ।
हाम्रो संविधानले प्रधानमन्त्रीलाई मुलुकको नेतृत्व बलियो ढङ्गले गर्न पर्याप्त अधिकार सुरक्षित गरेकै छ तर कहिले प्रधानमन्त्री कार्यालयमा कैयौं संस्था र शक्ति थप गर्ने अनि कहिले सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कर्मले अधिनायक बन्ने आकाङ्क्षालाई थप पुष्टि गरेको कांग्रेसले भनेकाे छ।

चैत ३ गते काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले केही गम्भीर प्रश्न जन्माएको उल्लेख गरेका हुन् । ‘राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रस्ताव गलत र गम्भीर त छ नै शक्तिको अधिकतम विन्यासको लोकतान्त्रिक मान्यताभन्दा विलकुलै विपरीत पनि छ’, काँग्रेसले भनेको छ । त्यस्तै उसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी उक्त विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक भएको ठहर गरेको छ ।
यस्ता छन्  कांग्रेसका असंवैधानिक कदम बिरुद्ध का ६ बुदा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार