logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माधव नेपालले देशभर समानान्तर कमिटी बनाउने !


  • राजनीति
  • बिहिबार, चैत्र ७ २०७५

पोखरा- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रविवादै विवादको चाङ रहेको बेला फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ ।पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना देखिएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले भने देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएका छन् । पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै यस्तो चेतावनी आएको हो।

नेता नेपालको सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने चेतावनी छ ।

नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ ।

उहाँलाई फकाउने प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको प्रयास अझै सफल भएको छैन,’नेकपाको सचिवालयका एक सदस्यले भने, ‘प्रचण्ड केही दिनका लागि पत्नी सीताको उपचारका लागि अमेरिका उडेपछि यो विषय थप जटिल भएको छ ।

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच संवाद शुरु भएको थियो ।

यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार