राजनीति
पोखरा- यही चैत २८ गते पोखरामा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी यही २९ गतेसम्म पोखरामा उक्त सम्मेलन हुने भएको मा जानकारी गराइएको हो ।
उक्त सम्मेलनमा करिब ६० भन्दा बढी जिल्लाका कोषाध्यक्षहरुको सहभागिता हुने भएको छ। उक्त कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा लगायतको सहभागिता हुने भएको छ ।
पार्टीको गुट र उपगुटको अन्त्य गर्ने उद्धेश्य सहित ,आर्थिक स्रोतलाई सृदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन, विदेश पलायन युवालाई स्वदेशमै रोजगारको व्यावस्था गर्न पार्टी मार्फत सरकारलाई दबाब दिने, महंगी, हत्या, हिंसा, बलात्कार, भ्रष्टचार लगायतको मुद्धा लाई अघि बढाउन सरकार विरुद्ध विरोध गर्न सम्मेलन केन्द्रित हुने भएको समितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।
साथै कास्की क्षेत्र नम्बर २ को हुने उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई विजयी गराउनेको लागि थप सहयोगी हुने भएको उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री रविन्द्र अधिकारीको हालै ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनी कास्की क्षेत्र नम्बर २ बाट विजयी उम्मेदवार थिए ।