logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वाइबडी प्रकरण : कंसाकारकाे धम्की मलाई कसैले कार्वाही गर्न सक्दैनन्


  • राजनीति
  • शनिबार, चैत्र ९ २०७५

काठमाडौ  । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले आफुलाइ  कसैले कार्वाही गर्न नसक्ने भन्दै कर्ममचारीलाई धम्कि दिनेगरेकाे पाइएको छ।

सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्न निर्देशन दिएको महिनौँ विते पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाउन आलटाल गरेको पाइएको छ ।
अख्तियारले समयमै लेखा समितिको प्रतिवेदनमाथि अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाएको भए निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार यसवेला कारबाहीको भागिदार बनिरहेका हुने थिए । तर, कंसाकार न अहिलेसम्म निलम्बनमा परेका छन् न अरू कुनै कारबाही नै ।

त्यसैले उनले अहिले पनि निगममा आफ्नो चुरिफुरी देखाइरहेका छन् । त्यति मात्रै होइन, कंसाकारले आफूलाई कसैले पनि कारबाही गर्न नसक्ने भन्दै निगमका कर्मचारीहरूलाई धाक धम्की समेत दिन थालेका छन् ।

‘प्रधानमन्त्री पनि मैले भनेको मान्नुहुन्छ । अख्तियारका प्रमुख आयुक्त पनि मेरै हुन् । मलाई कारबाही होइन बरु मेरो कार्यकाल थप्ने तयारी भइरहेको छ’, केही दिनअघि निगमका कर्मचारीलाई कंसाकारले सुनाएका थिए ।
कंशाकारलाइ भ्रष्टाचार गरेकाे भन्दै क्रान्तिकारी माओवादी निकट युवा संगठनले कार्यकक्षमै कालाे मसाे दलेकाे थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार