logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव लाइ वैधको साथ र माओवादी केन्द्रको समर्थन हेर्नुस बिज्ञप्ती सहित


  • राजनीति
  • शनिबार, चैत्र ९ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को गिरफ्तारविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माओवादी केन्द्र)ले विज्ञप्ति जारी गर्दै बिरोध जनाएकाछन ।
शनिबार साँझ वैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।

साथै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र सो समूहप्रति राजनीति व्यवहार गरेर समस्याको समाधान समेत आग्रह गरेको छ ।

किरणको विज्ञप्तिमा – ‘समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’

माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ ले विज्ञप्ति निकालेर गिरफ्तारीको विरोध गरेका छन् । उनीहरुले राजनीतिक व्यवहार गर्न समेत सुझाव दिएका छन् ।

वैद्यले नेकपामाथि प्रतिबन्ध लगाउन फासिवादी व्यवहार भएको भन्दै निन्दा गरेका छन् । उनले सुदर्शनसहितका नेता कार्यकर्ता गिरफ्तार गर्ने र यातना दिने कार्य बढेको भन्दै रोक्न माग समेत गरेका छन् ।

त्यसैगरी गोपाल किराती नेतृत्वको माओवादी केन्द्रका महासचिव सुशीलले जारी गरेको विज्ञप्तिमा पनि गिरफ्तार र धरपकडको विरोध गर्दै नेता सुदर्शनको रिहाईको माग गरेका छन् । उनले सरकारले आफ्नो असफलतालाई लुकाउन नेकपामाथि प्रतिबन्ध लगाएको आरोप समेत लगाए ।

“विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लगायत ९ जना नेता–कार्यकर्ताहरु चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकबाट सरकारद्वारा गिरफ्तार गरेका विषयले नेपाली राजनीतिमा तरंग सृजना गरेको छ । देशभरीमा नै भईरहेको धरपकडले संविधानले दिएको अधिकार समेत हनन् गरी जनविरोधी क्रियाकलाप प्रदर्शन गर्नु केपी ओली सरकारको असफलताको दिशातिर जान खोजेको प्रस्ट संकेत देखिन पुगेको छ” विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने थाहा हँुदाहुँदै सरकारले त्यही दिशामा बढेको भन्दै सुशीलले सरकारमाथि नै शंका व्यक्त गरे । “देश भष्टाचारले आक्रान्त बनेको, केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय नभई संघीयता चरम संकटमा परेको दक्षिणपन्थी शक्तिहरु, विदेशी शक्तिहरु, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरुले खुलेआम रुपमा धार्मीक द्वन्द्व सृजना गरेको, राष्ट्रियतामा आँच दिने समुहसित अस्वभाविक सम्बन्ध जोड्नुले देशको स्वाभिमानमाथि असर परेको छ । धार्मीक आन्दोलनलाई बैधानीकता दिने नेकपाको राजनैतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले केपी ओली सरकार कसको मतियार भएर काम गर्दैछ भन्ने शंका सर्बत्र उत्पन्न भएको छ” विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार