राजनीति
नेत्रविक्रम चन्द विप्लवकाे पार्टीमाथी प्रतिबन्ध लगाएसंगै सरकारले उच्च सतर्कता अपनाएकाे देखिन्छ। नेताहरु गिरफ्तार गरेपछि सुरक्षा चुनाैति रहेकाे भन्दै सरकारको प्रशासनिक केन्द्र सिंहदरबारकाे सुरक्षामा कडाइ गरिएकाे छ।
आइतबार सिंहदरबार प्रवेश गर्दा कडाइ गरिएको छ । सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रदेशमा प्रहरीले कडाइ गरेको हो । अहिले सुरक्षा जाँचका कारण लामै लाइन छ ।
अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश दिइन्थ्यो । आइतबार भने सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ ।
प्रहरी स्रोतका अनुसार नेत्र विक्रम चन्द नेतृवको नेकपाका नेताहरु प्रक्राउ परिरहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको हो।
विप्लवलाई सीके शैलीमा पक्राउ गर्ने सरकारको यस्तो छ तयारी
पोखरा- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई गलाएरै वार्तामा ल्याउने रणनीति बनाएको छ । विखण्डनकारी मुद्दा बोकेर राजनीतिक अभियान चलाएका सीके राउतकै शैलीमा विप्लवलाई पक्राउ गर्ने र उनलाई जेलमा हालेर उनका कार्यक्रर्तालाई समेत पक्राउ गर्दै गलाउने रणनीति सरकारले अघि सारेको हो । सोही शैलीबाट विप्लवलाई वार्तामा ल्याउनसमेत सहज हुने सरकारको निष्कर्ष छ ।
गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार विप्लवको खोजीमा सक्रिय रहन सरकारले प्रहरीलाई निर्देशनसमेत दिइसकेको छ । प्रहरीले सोहीअनुसार नै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउसमेत गर्न थालिसकेको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएरै विप्लवका उच्च तहका नेतामाथि निगरानी बढाएको गृह स्रोतले जानकारी दिएको छ ।राजधानी दैनिकले लेखेका छन।
‘सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका कुनै पनि गतिविधि भएको पाइए वा विगतमा विभिन्न जिल्लामा दर्ता भएका मुद्दाका आधारमा नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्छ, त्यहीअनुसार मातहतका निकायमा निर्देशन भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने । गत २४ फागुनमा सरकारले नेकपामाथि राजनीतिक रूपमा नै प्रतिबन्ध लगाएयता शनिबारसम्म सो पार्टीका ३१ नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।