logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव नेकपालाई सके फकाउने नसके तर्साउने नीतिमा सरकार


  • नागरिक दैनिक बाट
  • सोमबार, चैत्र ११ २०७५

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ ।

सरकारले फागुन २८ गते विप्लव समूहलाएै प्रतिबन्ध लगाइसकेको छ । विप्लव नेकपालाइ अपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ ।

सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोसिस गरिरहेका छन् । तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव नेकपाका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ । याे समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार