आश तमु, पोखरा- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जन सरकार तमुवान परिषदका प्रमुख किसान सिंह तमु पक्राउ परेका छन् । मंगलबार लेखनाथ स्थित आफ्नै निवासबाटै उनलाई प्रहरीले पक्राउ गरिएको हो ।
प्राप्त जानकारी अनुसार उनलाई शिशुवा प्रहरी चौकीमा राखिएको छ ।लामो समय देखी घोडाको दुखाई बाट ग्रसित तमु घरमै आराम गरिरहेका थिए।केही समय अघि मात्र तमुको घोडाको अप्रेसन गरेका थिए। उहाँ तमु मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रिय महासचिव हुन।लेखनाथ अवस्थित निर्माण व्यवसायीहरुको छाता सङ्गठन निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष समेत रहेका छन।थप विवरण आउन बाँकी ।
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको थिए। पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्।
चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्।
चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन्।