logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवले चाहे म वार्ताको संयोजन गर्दछु : माधव कुमार नेपाल


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

पुर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गर्दै विप्लवले चाहेमा आफू वार्ताको संयोजन गर्न तयार रहेको बताएका छन् । उनले विद्रोहमा खर्चिने शक्ति र ऊर्जालाई देश रूपान्तरणमा लगाउन सके राम्रो हुने धारणा पनि व्यक्त गरेका छन् । विप्लवले वार्ता गर्न चाहे मात्रै छलफलका रूपमा अघि बढाउन सकिने दाबी पनि उनले गरेका छन् ।

प्रेस चौतरी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले मङ्गलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले विप्लवलाई वार्तामा आउनका लागि आग्रह गर्दै सहज अवतरणका लागि सहजीकरण गर्न आफू तयार रहेको बताए । ‘देशलाई शान्तिको अवस्थामा फर्काउनु हामी सबैको जिम्मेवारी हो’, नेपालले भने, ‘विप्लवजीले वार्ताका लागि नेताको सहयोग चाहे त्यसका लागि मेरो भूमिका पक्कै सकारात्मक हुनेछ ।’

विप्लव नेतृत्वको माओवादीलाई सिध्याउनका लागि नभई नियन्त्रणको प्रयास मात्रै गरेको उनको दाबी थियो । पार्टीका नेताले नेकपासँग संवादको प्रयास गरेको पनि उनले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार