logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका कर्याकर्ता माथी गोलि चल्यो ४ जना गिरफ्तार


  • राजनीति
  • मंगलबार, चैत्र १२ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  जिल्ला स्तरका कार्यकर्ता गिरफ्तार गर्न प्रहरीले फायरिङ  गरेको छ  । मंगलबार दिउसो  आफ्ना कार्यकर्ताहरुलाई समात्न प्रहरीले ७ राउण्ड गोली चलाएको नेकपा अछाम ले जनाएको छ ।  अछाम जिल्लाको रामरोसन गाउँपालिकाको  बाटुलासैनको छतरामा गोलि चलेको नेकपाले दावी गरेको हो  ।

स्थानिय सुराकीको सूचनाको आधारमा जिल्लाबाट  पुगेको प्रहरीले गोली चलाएर विप्लव नेकपाका ४ जना कार्यकर्तालाई  समातेको हुन सक्ने प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।

उक्त घटनामा गिरफ्तार पर्नेहरुमा नेकपानिकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश राउत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद , अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा सङ्गठनकै राजेन्द्र धामी रहेको बताइएको छ  । गिरफ्तारी गर्ने क्रममा प्रहरीले गोली चलाए पनि कोहि पनि घाइते नभएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार