logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओली सरकारका कारण गृहयुद्ध निश्चित : नेेता साउद


  • राजनीति
  • बुधबार, चैत्र १३ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री  एनपी साउदले दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएर देशलाई द्वन्दमा फसाउन खोजेको आरोप लगाएका छन्।

मंगलवार अछामको मेल्लेखमा भएको नेपाली कांग्रेसको आम सभालाई सम्वोधन गर्दै नेता  साउदले देश संघीयतामा गएपछि जति विकासले फड्को मार्नु पर्ने थियो, जती जनताको लागि सरकारले काम गर्नुपर्ने थियो त्यो सरकारले गर्न नसकेको बताएका छन्।

उनले भने, ‘जनताले जसरी कम्युनिष्टलाईहरुलाई विश्वास गरेर भोट दिएर जिताए, आज आएर पछुताई रहेका छन्।’ जति विकास गर्लान भन्ने अपेक्षा थियो त्यो सवै सपनामा सिमित भएको उनको दावी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार