बिद्रोही शक्तिको रुपमा मुकुकभर गतिविधि संचालन गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि दुवैपक्ष एकअर्काप्रति आक्रामक ढंगले प्रस्तुत भएका छन् ।
वर्तमान सरकार विप्लव नेकपा लाई न्युनतम गतिविधि गर्नै नदिने गरी प्रस्तुत भएको छ भने विप्लव आफ्ना नेता तथा कार्यकर्तामाथि भएको सरकारी धरपकड र प्रतिबन्ध फिर्ता नगरे सम्म गह्रुङै ढंगले प्रतिवाद गर्ने ट्याक्टिसमा रहेकोे बुझिन्छ । यि दुवै पक्षको आक्रमक अभिव्यक्ति र अडानले चैतपछि मुलुकमा मुठभेडको अवस्था निम्तने खतराको संकेत प्रसस्तै देखिन्छ ।
विप्लव नेकपाले देश भर सगठन बिस्तार र संघर्षका कार्यक्रम अगाडि बढाए पछि सरकारले एक्कासी प्रतिबन्ध लागाए पछि तिक्तता झनै झाङ्गिएको हो । यति सम्मकी एकले अर्कालाई सुध्रन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् । वार्ताको ढोका पनि बन्द भैन सकेको भने छैन । समस्या समाधानको सम्भावना भने कायमै रहेको राजनीतिक बिस्लेषकको भनाइ रहेको छ ।
सरकारका प्रमुख प्रधानमन्त्री केपी ओलीले विप्लव नेकपालाइ लाई चैत मसान्तसम्म वार्तामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ समेतलाई पक्राउ गर्ने चेतावनी दिएकै दिन विप्लवले पनि सरकारलाई चैत मसान्तसम्ममा आफूमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ‘काउन्टर अल्टिमेटम’ दिएका छन् । यसले चैत्र पछाडी मुलुक कता जान्छ अनुमान लगाउन कठिन भएको छ ।
सरकारका प्रमुख प्रधानमन्त्री केपी ओली र नेकपाका प्रमुख विप्लवबीच एकअर्काप्रति लक्षित भिडन्तको सङ्केतका यस्ता छन् ।
अभिव्यक्ति १– प्रधानमन्त्री केपी ओली :
‘विप्लव नामको समूह छ । चन्दाको नाममा लुटपाट गरिएको छ । वार्ताका लागि बोलाइयो, आएन । सरकारले त्यसको विध्वंश रोक्दा कतिलाई हनहनी ज्वरो आयो । लोकतन्त्रमा जनता मार्न पाइन्छ ? लुट्न पाइन्छ ? सरकार शान्ति सुरक्षा कायम गर्न अघि बढिसकेको छ । सरकार अघि बढिसक्यो ब्याक गियर छैन । यस्ता विध्वंशात्मक गतिविधि नियन्त्रण गर्छ, गर्छ । हतियार बुझाउन अझै समय छ’, सङ्घीय संसदको हिउँदे अधिवेशन समापन गर्दै चैत १० गते संसदमा प्रधानमन्त्रीले भनेका थिए ।
अभिव्यक्ति २– प्रधानमन्त्री केपी ओली :
विकास निर्माण, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने मान्छे मार्ने अनि हसिया हथौडा अङ्कित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृत्ति सरकारले नियन्त्रण गर्छ । सरकारले गरिरहेको कामलाई कसैले अवरोध गर्यो भने त्यसलाई छाड्दैन । चैतभित्रै यस्ता गतिविधि नियन्त्रण हुन्छन् । विप्लव समेत नियन्त्रणमा पर्छन्’, चैत ११ गते बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले विप्लवलाई चैत मसान्तसभित्रै नियन्त्रणमा लिएरै छाड्ने दाबी गरेका थिए ।
अभिव्यक्ति १– नेत्रविक्रम चन्द ‘विप्लव’ :
केपी–प्रचण्डको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ । हाम्रो पार्टीले राष्ट्रघाती, भ्रष्ट, ठग, मानव तस्कर, मजदुरमाराहरुलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आम जनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै प्रतिबन्ध घोषणा गर्दै चरम फाँसीवाद लाद्न पुगेको छ’, विप्लवले चैत ११ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई काउन्टर जवाफ फर्काएका छन् ।
अभिव्यक्ति २– नेत्रविक्रम चन्द ‘विप्लव’ :
यही चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कामकारबाहीविरुद्ध प्रतिबन्ध र आमहड्तालको तयारी गर्छौं’ विप्लवले चेत ११ गते नै जारी गरेको विज्ञप्तिमा सरकारी कामकारबाहीलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।