logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवको बाक्लो प्रभावमा रहेका ४० जिल्ला (हेर्नुस नामावली)


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, चैत्र १५ २०७५

बिद्रोही शक्तिको रुपमा मुलुकभर गतिविधि संचालन गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हिं’सात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले प्र’तिबन्ध लगाएपछि दुवैपक्ष एकअर्काप्रति आ’क्रामक ढंगले प्रस्तुत भएका  छन् । विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि आकस्मिक प्रतिबन्ध लाग्नुको भित्री कारण बारे विभिन्न तथ्यहरु सार्वजनिक भएका छन ।

राजनीतिक र फौजी निकायबाट भन्दा पनि कानूनीरुपमा हिसावले बढी प्रभावित भएको बिश्लेषण पनि तथ्य परक नै छन । कतिपयले भने हालका महान्यायाधिवक्ताको सल्लाहमा प्रधानमन्त्रीले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको समाचार लेखेकाछन । सरकारले २४ गते विखण्डनको नारा बोकेका सिके राउतसँग वार्ता गरेको ४ दिनपछि विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । यसको सुत्रधारकारुपमा महान्यायाधिवक्ता अग्नि खरेलले काम गरेको सुरक्षा स्रोत लाइ उदृत गर्दै बिषयहरु बाहिर आएकाछन । विप्लव नेतृत्व को नेकपाले मुलुकभर सगठनात्मक अभियानलाइ तिब्रता दिए सगै सरकार अलिक झस्किएको प्रष्ट देखिन्छ ।

सरकारले अ’परा’धीक समुह भन्ने स्तर बाट प्रतिबन्ध लगाए पनि क्याबिनेटको बैठक बाट प्रतिबन्ध गर्ने निर्णय गर्नुले यो राजनीति बिषय हो भन्ने मा सहजै बुझ्न सकिन्छ । आजका दिन सम्म विप्लव नेकपाको उपस्थिति देशभर भएको देखिन्छ । यद्यपि सुरक्षा निकायको आंकलनमा मुलुकका ४० जिल्लामा विप्लवको संगठन मजबुत र प्रभावित गर्ने स्तरमा रहेको निष्कर्ष रहेको बुझिन्छ ।

एक सुरक्षा अधिकारीका अनुसार , ‘प्रधानमन्त्रीले यत्ति पनि नभन्ने हो भने सांसदहरुलाई जिल्लामा जान गाह्रो छ । हौसला दिनलाई पनि भन्नु पर्ने अवस्था आएको छ ।’वर्तमानमा मुलुकको सुरक्षा निकाय मा रहेका देखि रिटार्यड सुरक्षा बिज्ञहरुले गरेको बिष्लेषणमा विप्वलको सबैभन्दा बढी प्रभाव रहेको जिल्लामाहरु यसरी बनाएको देखिन्छ । यद्यपि विप्लव नेकपाले भने आफ्नो प्रभाव मुलुकभर रहेको दावी गर्दछ । विप्लव पकडका  जिल्ला १ कालिकोट २ कैलाली ३ बर्दिया ४ रोल्पा ५ डोल्पा ६ रुकुम पूर्व ७ रुकुम पश्चिम ८ सल्यान ९ जाजरकोट १० मुगू ११ मकवानपुर १२ काभ्रे १३ सिन्धुली १४ तेह्रथुम् १५ भोजपुर १६ ताप्लेजुङ १७ खोटाङ १८ उदयपुर १९ कपिलवस्तु २० रुपन्देही २१ दाङ २२ चितवन २३ नवलपरासी २४ नुवाकोट २५ इलाम २६ बाँके २७ कास्की २८ लमजुङ २९ बाग्लुङ ३० गुल्मी ३१ पर्वत ३२ म्याग्दी ३३ तनहुँ ३४ अछाम ३५ कंचनपुर ३६ सप्तरी ३७ पाल्पा ३९ सर्लाही ४० मोरङ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार