logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नगरकोट इन्चार्ज सहित नेकपाका दुईजना पक्राउ


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

भक्तपुर – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडौँ घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका नेकपाका अर्का सदस्य ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार