राजनीति
बुटवल–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रुपेन्देहीस्थित कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो ।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो । उक्त दुईतर्ले रातो घर’ अहिले प्रहरीले भत्काइरहेको छ ।
सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो । त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले अहिले सो भवन भत्काउँदै गरिएको बताए । उनले शुक्रबार साँझसम्म सम्पूर्ण भवन भत्काइसक्ने जानकारी दिए । भवन भत्काउनका लागि विभिन्न ठाउँबाट डोजरहरु झिकाइएको समेत उनले बताए ।
प्रहरीले विप्लव समर्थक शिक्षक भन्दै एसईई परीक्षा हलबाटै प्रकाउ
बुटवल– प्रहरीले आज कपिलवस्तुअखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष राम निवास चौहानलाई पक्राउ गरेको छ ।
चौहानलाई एसईई परीक्षामा अनुगमनमा खटिएको बेला प्रहरीले पक्राउ गरेको हो।
ठाउँ ठाउँबाट विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ परिरहेको बेला विप्लव निकटको शिक्षक संगठनका जिल्ला अध्यक्षहरु पनि पक्राउ पर्न थालेका छन् ।
रुपन्देही प्रहरीले अस्ति अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरी हिजो अदातलमा मुद्धा दायर गरेको छ ।