logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

‘सुदर्शन’की श्रीमती ‘शुदृष्टी’ले लेखिन आक्रोश मिश्रत यस्तो भावुक स्टाटस


  • आश तमु
  • शुक्रबार, चैत्र १५ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन गिरफ्तार भए पछि नेपाली राजनीतिमा विभिन्न खाले अड्कल बाजी र अनुमानहरु हुन थालेका छन । कोहि विप्लव वार्तामा आइहाल्छन भनेका झन भने कतिपयले झन चर्को रुपमा प्रस्तुत हुन सक्ने पनि बताएका छन । यद्यपि विप्लवले भने बिज्ञप्ती जारी गरेर आफ्नो पार्टीमाथिको प्रतिबन्ध फिर्ता लिन सरकारलाइ चैत्र महिना सम्मको अल्टिमेटम दिएका छन । यता सरकारले पनि चैत्र मसान्तसम्म सम्ममा गतिविधि सच्याउन समय सिमा दिएको छ ।

हिजो मात्र अदालतले तिन दिन भित्र हाजिर गराउन आदेश दिएको छ । गत बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ ।
हेमन्तकी छोरी विपना वलीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो निर्णय गरेको हो ।

अदालतको यो आदेश भएकै भोली पल्ट ‘शुदर्शन’की पत्नी अम्बिका चन्द ‘शुदृष्टी’ले सामाजिक संजाल फफेसबुकमा आक्रोश मिश्रत भावुक स्टाटस अपलोड गरेकीछन । उनले सुदर्शनले जनयुद्धमा खेलेको भुमिका र उनि सगैकाले गरेको उनकै शब्दमा बदमासी लाइ उल्लेख गरेकीहुन । सुदर्शन एक कर्मठ र आफ्नै मेहनतले यो स्थान सम्म पुगेका नेता हुन भनेकीछन । आफै लडेर ल्याएको ब्यवस्थामा सहिदका बाबुले समेत हथ्कडी भिर्नु पर्ने अवस्थाले सहि मानिस बस्ने ठाउ हिरासत भएको भन्दै राज्यको व्यंग्य गरेकी छन ।

उनको स्टाटस

 

नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी जनयुद्धका एक होनहार ब्यक्ति, आफ्नो कडा र निरन्तर मेहनतले राजनीतिक र दार्सनिक छवि बनाउन सफल ब्यक्ति ,2052 सालमा जनयुद्ध थालनी गर्दा रुकुम राडी चौकी माथी गरिएको सफल आक्रमणका कमिसार हुँदै पछि जनमुक्ति सेनाको डिभिजन कमिसार सम्म , कसैको दयाले नभै आफ्नो मेहनतले माओवादी पार्टीको माथिल्लो तहमा पुग्न सफल , सहिदका पिता समेत रहेका ब्यक्ति , हाल बिप्ल्पले नेतृत्व गरेको नेकपाका स्थायी समिति सदस्य मेरो प्यारो दिलको राजा जिबन साथी हेमन्त प्रकाश ओलि सुदर्शन यही चैत ९गतेदेखि ललितपुर को प्रहरी परिसरको हिरासतमा रहेको सबैलाई जानकारी छ ।
सुदर्शन कै पुर्ब सहयोदाहरु (जो आलिसान बङगला र महङ्गो गाडिमा सयर गर्छन्)ले नै आज सुदर्शन जस्तो इमानदार ,निष्ठाबान ,होनहार ,ब्यक्ति को हातमा हत्कदी लगायका छन । मलाई लाग्छ असल मान्छेको बस्ने ठाँउ जेल हिरासत हो ,बहादुर छोराछोरीको लागि जेल हिरासत ट्रान्जिट प्वाइन्ट हाे ।
अर्को कुरा सुदर्शन को स्वास्थ्यस्थिति निकै कम्जोर छ ।उहाँ 7 वटा रोगको बिरामी हुनुहुन्छ , सुगर ,प्रेसर ,कोलेस्तोल,प्रोस्टेट,युरिकएसिड बाहेक टाउको र आँखा दुख्ने खाना नपच्ने ढाड र जोर्नीको दुखाइ बढीरहेको थियोे । केही महिना अगाडि चिकित्सक हरुले कम तनाव लिन मानसिक काम कम गर्न ,खान पान मिलाउन र सारिरिक अभ्यास गर्न सल्लाह दिएका थिए । तर उहाँ घरमा पढ्न लेख्ने बाताबरण नहुने र माओको अङ्ग्रेजी सस्करन नेपालीमा उल्था गर्नु छ भनेर जानुभएको थियोे ।उहाँको सुरक्षा संबेदनसिलता छ भनेपछि कहाँ बस्ने कहाँ जाने भन्नेमा मलाई थाह थिएन ।तर ९ गते बिहान मेरा साथिहरुले अन्लाईन मा समाचार हेरेर भनेपछि मात्र मलाई उहाँको गिरफ्तारी बारे जानकारी भएको थियो । हिजो मात्र उहाँको ब्लड प्रेसर नियन्त्रणमा थिएन । म कामना गर्दछु तपाईंको स्वास्थ्यमा सुधार आओस् ।

 

https://m.facebook.com/story.php?story_fbid=2348855748717818&id=100007802465840

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार