logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बाबुराम संग तालमेल हुदैन : प्रचण्ड


  • राजनीति
  • बुधबार, असोज ४ २०७४

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा नयाँ शक्ति पार्टीसँग गोरखामा तालमेल नहुने बताएका छन् ।

निर्वाचनको तयारीका लागि कार्यकर्तालाइ प्रशिक्षण दिन जिल्ला आएका प्रचण्डले बुधवार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमाब बोल्दै नयाँ शक्ति पार्टीसँग कुनै हालतमा तालमेल हुन नसक्ने बताएका हुन् ।

‘स्थानीय तहको चुनावमा हामीलाई सहज हुने गरी बिभिन्न पार्टीसँग तालमेल गर्‍यौ,’ प्रचण्डले भने, ‘अबको चुनावमा पनि सहज हुने हिसावले तालमेल हुन्छ, तर बाबुरामजीको पार्टीसँग भने तालमेल हुदैन ।’

पार्टी एकताका लागि भट्टराइलाई बारम्वार आग्रह गरेपनि बेवास्था गरेको पनि प्रचण्डले बताएका छन् । ‘मिल्नुपर्‍यो भनेर बाबुरामजीलाई भन्दा झन् परपर भाग्नुभयो,’ उनले भने । बाबुराम, बैद्य र विप्लव समूह माओवादी केन्ऽसँग अलग बस्नुको कुनै औचित्य नभएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताए । स्थानीय तहको मतपरिणाम सन्तोषजनक नभएको भन्दै उनले अवको चुनावमा क्रान्तिकारी शक्तिलाई जिताउने गोरखाको परम्परा र बिरासत कायम हुनेमा बिश्वस्त रहेको बताए ।

निर्वाचनमा कसले कति सिट ल्यायो भन्नुभन्दा पनि निर्वाचन संबिधान कार्यान्वयनको संवेदनशील पक्ष भएकाले निर्वाचन सम्पन्न हुनु नै ठूलो उपलब्धी भएको उनको भनाइ छ । साथै उनले यही सरकारले चुनाव गराउने समेत बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार