logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एक साताभित्रमा नेवि संघको तदर्थ समिति गठन गरिने -सहमहामन्त्री डा महत


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

चितवन –एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने नेपाली कांग्रसका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन् ।

तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जानकारी दिए ।

नेता डा महतले यसअघि नेविसंघ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भंग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उनले बताए ।

नेता डा महतले नेविसंघको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाए ।

लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उहाँले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार