logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड निवासमा अध्यक्ष निकटको गोप्य भेटवार्ता चल्दै यस्ता छन दुई मुख्य एजेण्डा……..


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । करीब एकसाता लामो अमेरिका भ्रमणपछि
फर्केका प्रचण्डका निकट स्रोतका अनुसार शुक्रवार प्रचण्ड आफ्नै निवासमा पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् ।

सरकार लगानी सम्मेलनमा केन्द्रित भएका बेला प्रचण्ड पार्टीको आन्तरिक छलफलमा जुटेका हुन् । प्रचण्ड अमेरिकाबाट फर्केपछि नेकपाभित्रको एकीकरणमा देखिएको अड्चन समाधान हुने अपेक्षा गरिएको थियो ।

छलफलको पहिलो एजेण्डा – प्रदेश, जिल्ला र स्थानीय कमिटी गठन
प्रचण्ड निकट स्रोतका अनुसार उनले सबभन्दा पहिला प्रदेश र जिल्ला कमिटी निर्माण गर्नेतर्फ ध्यान दिनेछन् ।
दोस्रो एजेण्डा – सरकार पुनर्गठन
पार्टीको आन्तरिक विवाद, सरकारको व्यस्तता र अन्य विविध कारणले मन्त्रीमण्डल पुनर्गठनका बारेमा औपचारिक रूपमा कोही बोल्न तयार भएका थिएनन् ।

प्रधानमन्त्री निकट स्रोतले लगानी सम्मेलनअगाडि मन्त्रिपरिषद् पुनर्गठन गर्दा विदेशी लगानीकर्ताहरू समक्ष नराम्रो म्यासेज जाने भएकाले पुनर्गठनको काम केहीपछि सारिएको बताएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको प्रधानमन्त्रीसँगको टसल केहीदिन अघिबाट देखिन शुरू भएको छ ।

स्रोतका अनुसार प्रचण्डले नेताहरूसँगको आन्तरिक छलफलमा मन्त्रीमण्डल पुनर्गठनका विषयमा सहमति जुटाउन प्रयास गर्नेछन् । पार्टीभित्र मन्त्री पदका आकांक्षी धेरै रहेको र पार्टी एकीकरण प्रक्रिया पनि पूर्ण नभएको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार