logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘रातो घर’ भत्काइएकोमा विप्लवको चेतावनी ,सरकारले आफ्नै खुट्टामा बन्चरो हाने


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

रुपन्देही- रुपन्देहीस्थित आफ्नो पार्टी कार्यालय ‘रातो घर’ भत्काइएकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रु आपत्ति प्रकट गरेको छ।
कार्यालय भत्काएर सरकारले पार्टीलाई जबर्जस्त उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसले गम्भीर परिणाम निकाल्ने चेतावनी सहितको पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसीद्वारा शुक्रबार प्रकासित विज्ञप्तिमा दिएका छन्।

विज्ञप्तिमा सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिइएको छ। नेकपाले ‘रातो घर’ भएको स्थानमा कुनै नयाँ संरचना बनाए भौतिक रुपमै प्रतिरोध गर्ने समेत चेतावनी दिएको छ।

बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरु मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरुसमेत कब्जा गरि अपमानित ढङ्गले बिनासुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यसखाले हस्तक्षेपले हामिलाई थप गम्भीर बनाएको छ, सरकारको यो कदमले हाम्रो पार्टीलाई जबर्जस्त उद्देलित गराउन खोजेको देखिन्छ।’

बुटवलमा सो पार्टीले पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकको घर प्रहरीले डोजर लगाएको भत्काएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार