logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

बारा तनावग्रस्त : बिधार्थी र प्रहरी बिच झडप, चौकी आक्रमण डिएसपी सहित ५ घाइते


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

एसईई परीक्षा रद्व भएपछि आक्राेसित बिधार्थीहरुकाेे आन्दोलन ले तराई तातिरहेको छ। प्रदेश नं २का सवै जिल्लामा बिहानदेखि प्रदर्शन तथा झडपहरु भइरहेको छन्।

बाराको जीतपुर र कलैयामा भएको छुट्टाछुट्टै झपडपमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम शाहीसहित पाँच प्रहरी घाइते भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो ।

शनिवार जितपुरमा भएको झडपमा डिएसपी शाही र प्रहरी जवान निरु श्रेष्ठ सहित चार प्रहरी घाइते भएका छन् । कलैयामा भएको झडपमा नेपाल प्रहरी नायव निरीक्षक (सई) अशोक कुर्मी घाईते भएका छन् ।

प्रदेश नम्बर–२ को एसईई परिक्षा स्थगित गरिएको बिरोधमा शनिवार विहानैदेखि तराईमा आन्दोलन शुरु भएको छ । बारामा आक्रोशित विद्यार्थीहरुले सशस्त्र प्रहरी बलको एउटा ट्रक र प्रहरीका एक मोटरसाइकल जलाएका छन् ।

आन्दोलनकारीहरुले डिएसपी शाहीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको थियो ।

सशस्त्र प्रहरीको गाडी जलाउने र प्रहरीलाई ढुंगा हान्ने कार्यक्रमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरि बहादुर पालले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार