मुलुकको भिमकाय परिवर्तनको खातिर संचालित माओवादी जनयुद्धका सुत्राधार मध्यका एक प्रचण्ड पनि हुहुन पछिल्लो नेपाल काे राजनीतिक मा पहिले जस्तो छवि थियाे त्याे सैद्धान्तिक बैचारिक हिसाबले विचलनमा परेको मान्नेहरु धेरै छन् । जनयुद्धको बिसर्जनसंगै बिबादित बनेका प्रचण्ड ले आफ्नाे राजनीतिक जिवनमा ठुला ठुला अप्रत्याशित निर्णयहरु गरे कहि सफल र प्रभाव सहित गरे भने कुनै बिबादित र आफ्नैलागि क्षति हुने पनि भए ।
उनै प्रचण्ड जसले २०३४ सालमा हालका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड जम्मा २३ वर्षका थिए । उनले धनुषा शहिद नगरका लालबाबु हाथीलाई एउटा मार्मिक पत्र लेखे । त्यतिबेला हाथी शिक्षण पेशामा थिए । प्रचण्डको मार्मिक पत्र हाथीको हृदयसम्म पुग्यो र उनी राजनीतिमा लागे । यस्तो थियो।
बि.सं. २०३४ साल असार २ गते प्रचण्डले हाथीलाई लेखेको मार्मिक पत्र ।
श्री लालबाबु हाथी ज्यू,
यस संसारमा मानिसको बाँच्ने अधिकार हो भने अरुलाई बाँच्न दिने कर्तव्य हो । त्यसैले हामी साँच्चै नै असल मानिस भएर बाँच्न चाहन्छौं भने आफ्नो लागि मात्र होइन, अरुको लागि पनि काम गर्न आवश्यक छ । संसारमा शान्ति आउनका लागि एउटा यस्तो क्रान्ति आवश्यक छ, जसअनुसार प्रत्येक मानिसले क्षमता अनुसार काम गरुन् र आवश्यकता अनुसार उत्पादित चीज वस्तु प्रयोग गर्न पाउन् । यही नै मानिसको सर्वोत्तम कर्तव्य र अधिकार हुनेछ कि ? यसबारे एकपल्ट गहिरिएर विचार गर्नुहुन मेरो अनुरोध छ ।
– पुष्प
तिनै प्रचण्डले ४१ वर्षे उमेरमा क्रान्तिको झण्डा उठाए र नेपालमा गणतन्त्रको स्थापना गरे, एकात्मक सत्ता ढाले र संघीयता ल्याए । एकल शासनको अन्त्य गरे र समावेशी लोकतन्त्रको स्थापना गरे । पछिल्लोपटक उनी समाजवादी क्रान्तिका लागि भन्दै तत्कालीन एमाले सग पार्टी एकता गरिसकेका छन । ४० वर्षअघि प्रचण्डले देखेको ‘क्षमता अनुसारको काम र आवश्यकता अनुसारको माम’ नारा सहित जनयुद्ध गरेका प्रचण्डले नै एमाले सग पार्टी मिलाए पछि नेताकै वरिपरि रहेका बाहेक अधिकाश नेता कार्यकर्तामा नैरास्यता आएको देखिन्छ । प्रचण्डले शान्ति प्रक्रियालाइ तयारीको चरण भनेर ल्याएको तर त्यता नगएको भन्दै जनयुद्धका धेरै कमान्डरहरुले साथ छोडेका थिए । यधपी बादल लगायत केहि नेताहरु फर्केर प्रचण्ड सगै गए । बैंधले अहिले क्रान्तिको आवश्यकता उत्तिकै रहेको भन्दै लड्नु पर्ने भनिरहेका छन । उता विप्लव भने क्रान्तिमा धोका भएकोले त्यसको अभिभारा पुरा गर्न भन्दै संघर्षमा गै सकेका छन । अहिले राजनीतिक रुपमा दलाल भर्सेज क्रान्तिकारी भए पनि बाहिर बाट हेर्दा प्रचण्ड र विप्लव जस्तो देखिएको बिश्लेषकहरुको तर्क रहेको छ । आगामी दिन नेपाली कम्युनिस्ट आन्दोलन र समग्र राजनीति नै कुन दिशा तिर जान्छ भन्न नसकिने अवस्थामा ओउगेको रहेको छ । जसलाइ भबिस्यको जिम्मेवारी दिएर प्रतिक्षा गर्नु नै रहन्छ ।