logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कम्युनिस्ट सरकारले हत्या हिंसा र बलात्कार मात्रै बढायाे : सभापति देउवा


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

पुर्वप्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति तथा  शेरबहादुर देउवाले सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाएका छन् । जनहितको लागि काम गर्ने दुई तिहाईको सरकारले हत्या हिंसा र बलात्कार बाहेक अरु केहि गर्न नसकेको उनले आरोप लगाए ।

नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले बलात्कारी र भष्ट्राचारीलाई संरक्षण गर्दैमा सरकारलाई काम गर्ने फुर्सद नभएको आरोप बताए । कम्युनिष्टका सस्ता नाराबाट नेपाली जनता झुक्किएको बताउँदै उनले नेपाली कांग्रेसको विचार र सिद्धान्त लिएर अब गाउँ–गाउँ पुग्ने बताए ।

विचारहिन कम्युनिष्ट र एजेण्डा बिनाको केपी ओली सरकार प्रचारमै सिमित भएकाले भम्रमा नपर्न उनले आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भष्ट्राचारको जगका सरकारले समृद्धिको आधार खोज्नु मुर्खता भएको बताए ।

उनले भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने केपी ओली अहिले अख्तियार तर्साउने खेलमा लागेको आरोप लगाए । ‘वाइडबडिको प्रमाण संसद र समितिमा छ, ओली कमिसनकै लागि बसेका छन,’ उनले भने, ‘एनसेल र बुढीगण्डकीको जलविद्युतमा पनि बार्गेनिङ्ग चलेको छ ।’

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विचार, सिद्धान्त र कार्यकर्ता एकजुट भएपनि भ्रमले निर्वाचनमा आफूहरु पछि परेको बताए ।

अबको पार्टीको प्रमुख काम नै पार्टी निर्माण र सरकारको खबरदारी भएकाले अर्को निर्वाचनमा आफूहरु एक्लैले दुई तिहाई मत प्राप्त गर्ने दावी गरे ।

उनले सडक बनाउने, विश्व विद्यालय र मेडिकल कलेज स्थापना गर्ने कांग्रेस भएपनि त्यसको जस नेकपाको सरकार र नेताले लिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले अहिलेको सरकार नाफा कमाउने कम्पनी भएको बताए । उनले सरकारले विज्ञापनमार्पmत कांग्रेसले गरेका कामको प्रचार गरेर आफूलाई स्थापित गरेर नाफा कमाउन खोजेको आरोप लगाए ।

साथै महतले कम्युनिष्टको संगठन निर्माण र प्रचार गर्ने तरिका कांग्रेसले सिक्नुपर्ने बताए । ‘कांग्रेसले काम गर्छ, घरघरमा प्रचार गर्दैन,’ उनले भने, ‘कम्युनिष्टले आकर्षक प्रचार गर्न जानेकाले हाम्रो काम पनि आफैँले गरेको भन्दै प्रचार गर्छ । नेपाली कांग्रेस का नेताहरु सबै जिल्ला फर्किएका छन र जनतालाई प्रशिक्षित गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार