logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका कास्की जनसरकार प्रमुख गुरुङ गिरफ्तार


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

विप्लव नेतृत्वको नेकपा कास्की जिल्ला जनसरकार प्रमुखलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेकाे छ। सरकारले प्रतिबन्ध लगाएसँगै नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । यसैक्रममा शुक्रबार कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका हुन् ।

निर्माण व्यवसायी समेत रहेका गुरुङ पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दीमा निर्माणाधीन स्वीमिंग पुलमा काम गरिरहेका बखत उनलाई  शुक्रबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।

गत मंगलबार मात्र तमुवान् जनसरकार प्रमुख किसानसिंह गुरुङलाई प्रहरीले पोखरा –  २७ रिठेपानीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।

त्यस अघि प्रहरीले विप्लव नेतृत्वको नेकपा कार्यकर्ता रहेको आरोपमा अखिल नेपाल सेक्युरिटी मजदुर संघ क्रान्तिकारीका कास्की जिल्ला संयोजक अमृत सापकोटालाइ पक्राउ गरेको थियो l प्रहरीले विप्लव नेतृत्वको नेकपा समर्तक रहेको आरोपमा सर्वसाधारण नागरिकहरु गणेश अधिकारी, खड्का राई, उमानाथ बास्तोला लगायतलाइ पक्राउ गरी मुद्दा चलाएको छ  ।

यसैबीच प्राप्त जानकारी अनुसार, कास्की जिल्लाको लेखनाथ घर भएका ‘विप्लव’ नेतृत्वको नेकपा स्याङ्गजाका सेक्रेटरी गोकुल पराजुली र रुकुम घर भएका मजदुर नेता गोविन्द ओलीलाई प्रहरीले शुक्राबार स्याङ्जा मा पक्राउ गरेको छ   ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार