logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

निर्मलाको हत्यारा जोगाउन सरकार लागि पर्यो – सभापति देउवा


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

गुल्मी- वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई बचाउन लागिपरेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको छन्।सभापति देउवाले गुल्मीस्थित तम्घासमा नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सरकारलाई उक्त आरोप लगाएका हुन्।

‘अहिले देशमा ओली(प्रधानमन्त्री केपी शर्मा ओली)को सरकार छ। एक वर्ष भइसक्यो। एउटा काम पनि गरेको छैन। खाली हत्याहिंसाबलात्कार बढेका छन्। निर्मला पन्तका बलात्कारीलाई बचाउनेलुकाउने काम गरेको छ यो सरकारले।’कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने उनले प्रेसमा समेत नियन्त्रण गर्न सरकार अघि बढेको बताए।

त्यसैगरी देउवाले जनतालाई कर बढाएकोले उद्योगीहरु लगानी गर्न डराइरहेकासमेत बताए। ‘प्रेसमा पनि नियन्त्रण गर्ने काम गरिरहेको छ। चिकित्सा शिक्षा विधेयकमा नियन्त्रण गरेको छ,’ देउवाले भने, ‘हरेक चीजमा अधिनायकवादी लाद्न खोजेको छ।’

कांग्रेस शान्तिप्रिय पार्टी भएकोले आन्दोलनमा नउत्रेको उनको तर्क थियो। भने, ‘हामी रेलिङ भाच्ने हैन। दंगफसाद गर्ने हैन भनेर चुप लागेर बसेका छौ।’

देउवाले पार्टीमा अनुशासनको खाँचो रहेको र खुट्टा तान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने गुनासोसमेत गरे। त्यसैगरी उनले पार्टी बलियो हुनका लागि एकता जरुरी रहेको आवश्यकतासमेत औंल्याए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार