logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

काङ्ग्रेसको कमिटीकै निर्णयले मलाइ अमेरिकामा थुनाउन खोज्यो : पुष्पकमल दाहाल ‘प्रचण्ड’


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

cWoIf bfxfn dGtJo JoQm k'iknfn k|lti7fgåf/f ;f]daf/ sLlt{k'/sf] rDkfb]jLdf cfof]lht $) cf}+ k'iknfn :d[lt lbj; sfo{qmddf dGtJo JoQm ug'{x'Fb} g]kfn sDo'lgi6 kf6L{sf cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M /Tg >]i7, /f;;

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले नै आफूलाई अमेरिकामा जेल हाल्न खोजेको बताएकाछन ।

आज राजधानी काठमाडौमा आयोजित रिपोर्टस क्लवको २१ औ स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले कांग्रेसले अपराधी भनेर पक्राउ गर्न उजुरी दिएको खुलासा गरेका हुन् । उनले भने, ‘हालै मेरो अमेरिका भ्रमणमा त्यहाँ रहेको नेपाली कांग्रेसको कमिटीले नै निर्णय गरेर मलाई अपराधी भनेर पक्राउ गर्न उजुरी गरेको जानकारी पाएँ ।’

प्रचण्डले शान्ति सम्झौता गरेर मुलुकमा शान्ति स्थापना गर्ने व्यक्तिलाई विदेशी विदेशी शक्तिसँग गुहारेर कांग्रेसले आफ्नो अपमान गरेको बताए । उनले भने, शान्ति सम्झौता गर्नु अपराध थियो मेरो ? संघीय गणतन्त्र बनाउनु मेरो गल्ती थियो ?’ उनिले प्रश्न गरेकाछन ।

दाहालले ‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन नभनेको भए जे पनि हुने रहेछ ।’ जहाँ मेरा विरुद्ध उजुरी हाले म त्यहीँ पुगेँ । त्यहाँको संसद्मा छलफल गर्ने अवसर पाएँ ।’

प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षरकर्तालाई अमेरिकामा पक्राउ गर्न भनेर उजुरी हाल्नु नाजायज रहेको बताउँदै उनले भने, ‘कतिपय मानिसले प्रचण्ड डरायो भन्छन् । तर मलाई कुनै डर छैन । व्यक्ति रहने नरहने ठूलो कुरा होइन । नेपाल र नेपालीबीचको एकता, संघीय गणतन्त्र र समृद्धिको अभियान रहनुपर्छ ।’

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले इतिहासको सच्चाइ के हो भन्ने कुरा पत्रकारले नै बहस गर्ने विषय रहेकाले आफूले यस विषयमा मैले केही भन्न नसक्ने स्पष्ट पारे । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले अझै पनि एक थरी मानिस अहिलेको प्रक्रिया उल्ट्याउन शक्ति सलबलाइ रहेको तर्क समेत गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार