logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गण्डकमा दुइ सहिद पुत्र गिरफ्तार , राज्यले बैधानिक अपहरण गरेको राइको भनाइ


  • आश गुरुङ
  • मंगलबार, चैत्र १९ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का गण्डकी ब्यूरो सयोजक मिलन राइले अहिलेको सरकार आधारभुत रुपमा नै दलाल र फासिवादी रहेको भन्दै आक्रोश व्यक्त गरेकाछन ।

गण्डक ब्युरोका सदस्य लमजुङ जिल्ला अध्यक्ष शुनिल कुमाल र पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र पिएन जिल्ला नेताहरु लाइ प्रहरीले गरेपछी राइले एक बिज्ञप्ती जारी गर्दै  सत्ता बैधानिक अपहरणमा लागेको बताएका छन । उनले मुलुकमा ठुला ठुला भ्रष्टाचारी र दलाल हरुको संरक्षकको रुपमा सरकार रहेको भन्दै गिरफ्तार बिद्यार्थी नेताहरुलाइ सर्त रहित ढंगले रिहाइ गर्न माग गरेकाछन । अन्यथा कडा संघर्ष गर्ने चेतावनीसमेत दिएकाछन ।

गण्डकी ब्यूरो बाट गिरफ्तार हुने कुमाल र बास्तोला सहिद पुत्र हुन । कुमाल चैत्र ११ गते लमजुङ बाट र बास्तोला चैत्र १८ गते पोखरा बाट गिरफ्तारीमा परेकाहुन । उनिहरुले आफ्नो बुवाको सपना साकार नभएको भन्दै कलिलै उमेर देखी बिद्यार्थी राजनीतिमा लागिरहेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार