logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका विश्व चर्चित युवाको ‘सिम फिर्ता’ अभियान, खास के का लागी


  • अखिल बिश्वकर्मा
  • बुधबार, चैत्र २० २०७५

विश्व चर्चित युवा अभियन्ता तथा विप्लव नेतृत्वको नेकपाका युवा नेता नरबहादुर कार्कीले एनसेल सिम फर्काउनेे अभियानकाे थालनी गर्न अपिल गरेका छन् । एनसेलले मुलुकलाई कर नतिर्ने तर जनतालाइ दोहन मात्र गर्नेगरेकोले जनस्तर बाट एनसेलको सिम फिर्ता गर्न नो ट्याक्स नो एकसेल अभियानको थालनी गर्न अपिल गरेकाछन ।

आफ्नो बेग्लै ज्ञान, क्षमता र प्रतिभाले बिश्वमा चर्चा बटुलीसकेका कार्कीले एनसेलले अरबौं कर छलि गरेेर नेपाली जनतामाथि लुट गरेकाे भन्दै उक्त अभियान चलाउन सबै देशभक्त नेपालीहरुलाइ अपिल गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक पेजमा स्टाटस राख्दै एनसेल  सिम फर्काउने आन्दोलन जरुरी भएकाे कुरा उल्लेख गरेका छन् ।

उनले जनताको पैसा ७३ अर्ब छली गरेको हो, मिलेमतोमा ढाक्न खोजिन्छ, हक माग्दा दमन गरिन्छ भने हेरेर नबसौ अनुराेध गर्दै एनसेलकाे लुटबिरुद्व सबै एकजुट हुन आह्वान गरेकाे छन।

एनसेलको सिम फर्काउने आन्दोलन जरुरी भो । जनताको पैसा ७३ अर्ब छली गरेको हो, मिलेमतोमा ढाक्न खोजिन्छ, हक माग्दा दमन गरिन्छ भने हेरेर नबसौ । पसिना बगाएको पैसा NCell ले खान्छ भने भोली अरुण, कर्णाली, सेतीले पनि ठग्छन । सजिलो बिद्रोह गरौ- NCell को सिम फर्काउन शुरु गरौ । एउटा सिम फर्काएर Share पनि गर्नुस् । देखाइदिउ कि हामी देश लुटन दिदैनौ ।

#NoTaxNoNcell

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार