logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

तराईको दुखमा भिआइपि भिड राहत बाडन र उद्वार गर्न अप्ठ्यारो


  • पत्रपत्रिका
  • बुधबार, चैत्र २० २०७५

प्राकृतिक प्रकाेपका चपेटामा परेकाे तराई अहिले सार्वाधिक चिन्ता र चासाेकाे बिषय छ । तराईकाे दुखाइ मा मलमपट्टी लगाउन सबैमाे ध्यान केन्द्रीकृत छ ।हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ ।हुरीबतासले अत्यधिक क्षति पु¥याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहँु हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।‘बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताए । उनले भने– ‘गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ ।’ ‘मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै प¥यो’, उनले भने– ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन। आजको नेपाल समाचार पत्रमा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार