राजनीति
सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले वर्तमान सरकारले आफ्नो कमी कमजोरीको सुधार गर्नुपर्ने बताएका छन् । औद्योगिक शान्ति नेपाल संस्थाले नयाँ वर्षको अवसरमा भक्तपुरमा बिहीबारदेखि सुरु भएको बृहत औद्योगिक मेलाको उद्घाटन गर्दै उनले भने– ‘सरकारलले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्दछ ।’
उनले एक बर्षको अवधिमा सरकारले जनतालाई खासै जनतालाई परिवर्तनको अनुभूति दिन नसकेको भन्दै उनले आलोचना गर्नेहरुको राम्रो कुरालाई स्वीकार गर्नु सरकारको दायित्व भएको बताए । मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको, अब विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्न उनले सबैलाई आग्रह गरेका छन् ।
देशको संघीयताका लागि क्रान्तिको बिगुल फुकेको उल्लेख गर्र्दै नेता नेपालले कृषिको विकास र आधुनिकीकरण व्यवसायिक विकास मार्फत मुलुकलाई समुन्नतिको मार्गमा पु¥याउन जोड दिए । पर्यटन प्रबद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा गरेर व्यापार घाटा बढाउनुपर्ने र विदेशी लगानीलाई भित्र्याउनुपर्ने उल्लेख गरे ।
राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समाबेशी विकासमा लाग्नुपर्ने समय आएको छ, नेता नेपालले भने ।
जलवायु परिवर्तनको असरले मानवीय जीवनलाई अस्तब्यस्त बनाउन लागेको भन्दै उनले मानव जातिको सामु आएका संकट समाधानका लागि एक जुट हुनु आवश्यक रहेको बताए । नयाँ वर्षको अवसरमा आयोजना गरेको मेला बैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।