राजनीति
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन् । बिहिबार जनकपुरमा आयोजित नयाँ शक्ति पार्टी नेपाल प्रदेश २ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले सो टिप्पणी गरेका हुन् ।
जनपुरमा आयोजित अंतरकृया कार्यक्रममा बोल्दै नेता भट्टराईले भने– सरकारले आफैँले घोषणा गरेको कार्यक्रममा समेत असफल सिद्ध भइसके पनि यसप्रति गम्भिरता नदेखाउनु दुःखद हो ।’ बरु सरकारले भ्रष्टाचारमा व्यापक फड्को मारेको उनले बताए ।

डा भट्टराई ले अर्को एक प्रसंगमा पुष्पकमल दहाल प्रचण्डतर्फ ईंगित गर्दै भट्टराईले भने, ‘प्रचण्डको नेतृत्व ठुलो फोहोरको समुद्रमा मिसियो, उनले यो देशलाई बर्वाद हुनबाट बचाउन सकेनन् ।’ उनले तत्कालीन एमालेतर्फ ईंगित गर्दै त्यो पार्टीलाई फोहोरी समुद्रको संज्ञा समेत दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिलेको संविधान पूर्ण नभएकोे बताउँदै हरेक वर्ग, क्षेत्र, लिंग, जातिय समुदाय लगायतकाको पहिचान र अधिकारका निम्ति मधेशी समुदायले अगुवाई गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले संघीयतालाई मजाकको रुपमा बुझेको भन्दै सिडियोलाई प्रदेश सरकार चलाउन पाउने गरी दिएको अधिकारले त्यसको अर्थ नरहेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले संविधानमा जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने माग गरे । त्यस्तै प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले तत्कालीन समयमा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान जारी गरेर गल्ती गरेको बताए ।
उनले भने, ‘विगतमै संविधान त्रुटिपूर्ण रहेको कुरा स्वीकार गरेको भए आज मधेसले आन्दोलनमा जानुपर्दैनथ्यो ।’ उनले ढिलो गरी भट्टराईले संविधान त्रुटिपूर्ण रहेको र संशोधनको आवश्यकताको कुरा स्वीकार गरेकाले संविधान संशोधनका लागि एक ढिक्का भई संघर्ष गर्नुपर्नेमा जोड दिए । वाम विचारक रोशन जनकपुरीले संविधान संशोधनको विकल्प नरहेको बताए ।