logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहमन्त्रालयको सर्कुलर प्रति पुर्व गृहमन्त्रीको आपत्ति यस्तो सम्म भने


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेकपाका प्रभावशाली नेता भिम रावलले अंगीकृतका सन्तानलाई नागरिकता दिन गृहमन्त्रालयले गरेको सर्कुलरप्रति आपत्ति जनाएका छन् ।

नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीण निर्णय गर्दै अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेपछि नेता रावलले त्यसप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

नेता रावलले पछिल्लो नागरिकताबारेको निर्णयसँग जोडेर सरकारको संसदप्रतिको सम्मानमाथि नै प्रश्न उठाएका छन् । सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा त्यसको उपेक्षा गरी संसदमा विचाराधीन नागरिकताबारे निर्णय लिइएको पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलको आरोप छ ।

सरकार संसद् प्रति उत्तरदायी हुने कुरा भनिरहनु पर्दैन । तर बिडम्बना ! नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलमा रहेको बेला सरकारले नागरिकता वितरणबारे निर्देशन जारी गर् यो ।यो नेपालको संविधान नअाउँदै २०६३ सालमा नागरिकता ऐन ल्याउने हतारो कै पुनरावृत्ति हो कि?

— Bhim Rawal (@BhimRawal179) April 5, 2019

यसअघि अन्तरिम संविधान २०६३ नआउँदै हतारमा नागरिकता ऐन ल्याइएको स्मरण गराउँदै उनले सरकारको पछिल्लो कदम त्यसकै पुनरावृत्ति भएको आशंका गरेका छन् ।

‘सरकार संसदप्रति उत्तरदायी हुने कुरा भनिरहनु पर्दैन’, रावलले सरकारले संसदको सर्वोच्चता भुलेको निष्कर्षका साथ ट्वीटरमा लेखेका छन्, ‘तर बिडम्बना, नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलमा रहेका बेला सरकारले नागरिकता वितरणबारे निर्देशन जारी गर्‍यो । यो नेपालको संविधान नआउँदै २०६३ सालमा नागरिकता ऐन ल्याउने हतारोकै पुनरावृत्ति हो कि ?’

गत साउनदेखि संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै बेला गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अंगीकृतका सन्तानलाई नागरिकता दिन देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरेको थियो । नागरिकता वितरण रोकिँदा अंगीकृतका सन्तानको वृत्ति विकास रोकिएको र स्वयं सर्वोच्चले समेत वितरण गर्न आदेश दिएकाले यसबारे पटके निर्णय लिनुपरेको गृहको प्रष्टोक्ति छ ।

तर, गृहको यो निर्णयलाई लिएर संविधानविदहरूले पनि आपत्ति जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार