logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कम्युनिष्टलाई मलजल गरेका डा.भट्टराई आफैले भने,”कम्युनिष्टका कारण लगानी आएन”


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

बुटवल– कम्युनिष्ट आन्दोलनलाई मलजल गर्दै १० वर्षे जन्युद्द लडेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहेकाले विदेशी लगानीकर्ताहरु लगानी गर्न डराएको बताएका छन्।

बुटवलमा नयाँ शक्ति पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक डा। भट्टराईले कम्युनिष्ट पार्टी नेतृत्वको सरकार भएकै कारण लगानी भित्र्याउन समस्या भएको बताए। ‘यो सरकारले कम्युनिष्टको सिद्धान्तलाई त अंगीकार गरेको छैन’, उनले भने, ‘तर पनि नाममा कम्युनिष्ट भएका कारण नेपालमा लगानी ल्याउन विदेशीहरु हच्किएका हुन्।’

नेपालमा कम्युनिज्म नभएकाले कम्युनिष्ट नाम परिवर्तन उनले सुझाव दिए।उनले सत्तारुढ दल नेकपाले जनतामा कम्युनिष्टको नाममा भ्रम छरेको समेत आरोप लगाए। ‘उहाँहरुले व्यवहारमा व्यक्तिको सम्पत्ति हुन्छ भन्ने सिद्धान्तलाई अंगीकार गर्नुभएको छ’, उनले भने, ‘तर कम्युनिष्ट भनेर जनतामा भ्रम छर्नु भएको छ, यसमा सुधार गर्नुपर्छ, जे व्यवहारमा छ त्यो भन्नुपर्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार