राजनीति
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झपड भएको छ । हिन्दूराज्य स्थापनाको माग गर्दै शक्ति प्रदर्शनमा उत्रेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच सोमबार प्रर्दशनी मार्गमा झडप भएको हाे ।
यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पुतलिसडकमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो । राप्रपाका नेताहरुको आन्दोलनका कारण सडक नै जाम हुने अवस्थामा प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो ।
झडपमा राप्रपाका आधा दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको छ ।