logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अछामबाट नेत्रविक्रम चन्द विप्लव नेकपाका दुईजना कार्यकर्ता पक्राउ


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

अछाम – अछामबाट नेत्रविक्रम चन्द विप्लव नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा अछाम जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु छायाँनाथ रारा नगरपालिका–१२ शोभा निवासी आर्दश बुढा रहेका छन् ।

दुबैजनालाई छुट्टाछुट्दै ठाउँबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । साउदलाई पार्टी अभियान विस्तारिकण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरिरहेको अवस्थामा मेल्लेख गाउँपालिका ७ नन्देगडाबाट पक्राउ गरिएको हो ।

बुढालाई चाहिँ चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार