पोखरा – पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन भएको छ । प्रदेशका पनि चार क्षेत्रमा सांसद छैनन् ।
उपचुनावको कुनै टुंगो छैन । तर, कास्की २ मा नेकपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रश्न निरन्तर उठिरहेको छ ।क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । कास्की–२ बाट निर्वाचित अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो ।परिवारकै सदस्यलाई उम्मेदवार बनाउनुपर्ने जता जतै छलफल अनि बहस भए ।
कास्की–२ बाट निर्वाचित अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो ।आरआर क्याम्पसमा स्थायी प्राध्यपकसमेत रहेकी विद्या दोधारमा रहेको परिवार स्रोतले बताएको छ ।
‘राजनीतिमा सक्रिय हुँदाहुँदै विवाह भएर कठिन अवस्थाको सामना गर्दै सरकारी नोकरीमा लाग्नुभयो । पेन्सन पाक्न ५७ वर्षमात्रै छ । यस्तो बेला उहाँ धर्मसंकटमा हुनुहुन्छ,’ पारिवारिक स्रोतले भन्यो, ‘केही वर्षमात्र सेवाअवधि रहेको जागिर छोडेर राजनीतिमा लाग्दा भविष्य के हुने ? छोराहरु कसरी पढाउने, हुर्काउने ? भन्ने कुराको चिन्तामा हुनुहुन्छ । निर्णय लिनु भएको छैन ।’
नेकपा कास्कीका नेताहरु भने रवीन्द्रकी पत्नी भएकाले मात्र नभई योग्य र क्षमतावान राजनीतिक व्यक्ति पनि भएकाले विद्या नै उठ्नुपर्ने बताउँछन् । रवीन्द्र अखिलको महासचिव उहाँ विद्या सचिव थिइन् । अखिल हुँदै महिला संघतिर लागेर उनी विवाहपछि क्रियाशील राजनीतिबाट टाढा भएकी थिइन् ।
‘सक्रिय राजनीतिमा छँदै विद्याले रवीन्द्रका लागि त्याग गरिन् । प्राज्ञिक क्षेत्रमा लागेर रवीन्द्रलाई सहयोग गरिन् । अब रवीन्द्र रहेनन्’ एक नेकपा नेताले भने, ‘विद्या क्षमतावान छिन्, राजनीतिमा आउनुपर्छ ।’