logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका सासंदलाई ज्यान मार्ने धम्की ५० लाख माग


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

सत्तारूढ दल नेकपाका नेता तथा झापा   क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए । उनलाई अज्ञात ब्याक्तिबाट ज्यान मार्ने धम्कि सहित ५० लाख मागेका छन्।

करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन् ।

सातादेखि धम्की मिश्रित फोन आइरहेको छ । ‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ । ‘एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’, लिङ्देनले भन्छन् ।

उनका अनुसार काठमाडौंमै भएका वेला त्यो फोन आएपछि उच्च प्रहरी अधिकारीसँग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् ।

प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो । त्यसक्रममा झापाबाट एक जना व्यक्ति पनि पक्राउ परेका छन् । तर, उनले किन लिङ्देनलाई त्यसरी फोन गरे भन्ने खुलेको छैन ।

दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ ।

अन्य व्यक्ति पक्राउ परेपछि मात्रै लिङ्देनलाई दिइएको धम्कीबारे थप खुल्ने प्रहरी बताउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार