logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सीपी गजुरेलको नेतृत्वमा देजमो गठन महासचिवमा परी थापा


  • राजनीति
  • बुधबार, चैत्र २७ २०७५

काठमाडौं- सीपी गजुरेलको नेतृत्वमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको राष्ट्रिय सम्मेलन सकिएको छ ।

सम्मेलनको बन्दसत्रले मोर्चाको महासचिवमा परी थापालाई चयन गरेको छ। थापा यसअघि देजमोको सचिव थिए।

ज्येष्ठ सदस्य कमल चौधरीको अध्यक्षतामा बसेको पहिलो बैठकमा चौधरीले अध्यक्षमा गजुरेलको नाम प्रस्ताव गरेका थिए। बन्द सत्रमा पेश भएको ९५ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठकले गजुरेललाई अध्यक्षमा चयन गरेको हो।

त्यस्तै गजुरेलको प्रस्तावमा थापालाई महासचिव चयन गरेको हो। आज नयाँ केन्द्रीय समितिको बैठक बस्दै छ। बैठकले बाँकी पदाधिकारी, तथा विभागहरुको गठन गर्ने छ।

यसअघि बन्दसत्रले अध्यक्षको राजनीतिक प्रतिवेदन र सचिवको मोर्चाको विधान परिमार्जनसहित पारित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार