logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सच्चा कम्युनिस्ट बिच एकता गर्न ढिलो गर्न हुदैन : बैध


  • राजनीति
  • सोमबार, असोज २३ २०७४

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी पार्टीहरुबीच एकता गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै किरणले अहिलेको वाम गठबन्धनलाई ‘प्रतिक्रियावादीहरु सत्तामा जाने खेल भएका संज्ञा दिँदै उनीहरु बाम शक्ति हुनै नसक्ने टिप्पणी गरे । ‘प्रतिक्रियावादी सत्तामा जानेहरु बाम शक्ति हुन सक्दैनन् ।’ उनले भने, अब क्रान्तिकारी शक्तिलाई बलियो बनाउने दिशामा असली क्रान्तिकारीहरु लाग्छौं ।’

क्रान्तिकारी शक्तिहरुबीच एकता गर्न विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने वैद्यले खुलासा समेत गरे ।

बाम गठबन्धनलाई इंगित गर्दै वैद्यले अहिले समाजवादको कुरा गरिनु अवसरवादी मात्रै भएको टिप्पणी गरे । क्रान्तिकारीहरुको वैकल्पिक शक्ति बताएरै छाडने भन्दै त्यसको लागि पार्टी क्रियासिल रहेको पनि वैद्यले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार