logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रतिक्रियावादी सत्तामा सहभागी दल बाम हुन सक्दैन : मोहन बैध


  • राजनीति
  • सोमबार, असोज २३ २०७४

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी प्रतिक्रिया सत्तामा सहभागी हुने दल कुनै पनि कोणबाट वाम हुन नसक्ने धारणा राखेकाछन ।

नेपालमा क्रान्ति सम्पन्न नभएको भन्दै अब समाजवादी क्रान्ति गर्नु पर्ने कुरा ब्यक्त गरेका छन ।पार्टीको राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै किरणले अहिलेको वाम गठबन्धनलाई ‘प्रतिक्रियावादीहरु सत्तामा जाने खेल भएका संज्ञा दिँदै उनीहरु बाम शक्ति हुनै नसक्ने टिप्पणी गरे । ‘प्रतिक्रियावादी सत्तामा जानेहरु बाम शक्ति हुन सक्दैनन् ।’

क्रान्तिकारी शक्तिहरुबीच एकता गर्न विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने वैद्यले खुलासा समेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार