logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

काठमाडौंमा के गर्दैछन् सीके राउत ! चैत ३० गते के गर्दै छन ? हेर्नुस


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

काठमाडौं-केपी सरकारसँग ११ बुँदे सहमति गरेपछि खोलेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत आइतबार पहिलो पटक काठमाडौं आएका छन।सञ्चार माध्यमबाट टाढै रहेका राउत पार्टी दर्ताको तयारीमा छन्।

पाँच दिन काठमाडौं बसाइका क्रममा राउतले सम्पूर्ण समय पार्टी दर्ता प्रक्रियाका लागि खर्चेका छन्।

राजनीतिक सहमति र जनमत पार्टीको राजनीतिक विषयमा बोल्न नचाहेका राउतले भने, ‘हाम्रो पार्टीले काम गर्दै गएपछि सबै कुरा प्रष्ट हुनेछ। अहिले बोलेर मात्रै हुने होइन। हाम्रो पहिलो प्राथमिकता काम गर्नु रहेको छ।’

यसैबीच, सरकारसँग भएको ११ बुँदे सहमति अनुसार स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता प्रक्रिया अगाडि बढेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले जनाए।

पार्टी गठन भएपछि जनमत पार्टीले पहिलो सभाका रुपमा सिरहाको मिर्चैयामा पहिलो सभा गर्न लागेको छ। चैत ३० गते मिर्चौयामा हुने सभाबाट राजनीतिक विषयबस्तु बाहिर आउने सम्भावना छ। राउतले सम्बोधन गर्ने उक्त सभामा पार्टीको आगामी रणनीति बारे जानकारी दिइने नेता सिंहले बताए।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि जेलबाट रिहा भए लगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राउतले त्यसैराति सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। त्यसको भोलिपल्टमात्र उनीसँगको सम्झौताका केही बुँदा हेरफेरसहित औपचारिकता पाएको थियो। उनको रिहाईदेखि सम्झौतासम्मका प्रकरणले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै पनि विवाद ल्याएको थियो।

सम्झौतालगत्तै जनकपुर पुगेर आफ्नो आधार क्षेत्रमा सक्रिय रहँदै आएका उनी यतिखेर काठमाडौंमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार