logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मध्यरातमा विप्लवका मकवानपुर इन्चार्ज ज्वाला सहित २ जना पक्राउ


  • राजनीति
  • शुक्रबार, चैत्र २९ २०७५

मकवानपुर – बिहीबार राति नेकपा माओवादी विप्लव नेकपाका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई  जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

नेकपा पार्टीमा ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई पक्राउ गरेको एसपी सिंहले बताउनुभयो ।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार