logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन नरोके सशक्त प्रतरोध गर्ने चेतावनी


  • राजनीति
  • मंगलबार, असोज २४ २०७४

नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी ब्युरोले संचालन गरेको तीन महिने “संगठन सुदृढीकरण तथा प्रतिरोध अभियान” अन्तर्गत अर्घाखाँचीमा भएको अभियानलाई सोमवार साँझ ७ : ५५ मा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. १२ मा रहेको रजिवा गाउँमा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी अन्तर्गत रहेको क्षितिज सांस्कृतिक परिवारको सांस्कृतिक कार्यक्रम चलिरहेको बेला सोमबार एकाएक प्रहरी प्रशासन आएर कार्यक्रम हस्तक्षेप गरेको छ ।

शान्तिपूर्ण ढंगले सांस्कृतिक कार्यक्रम चलिरहेको बेला एकाएक दलाल संसदीय सत्ताले हस्तक्षेप गरेकोप्रति नेकपा लुम्बिनीले आपत्ति जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज विरजंगले घटनाको घोर भत्सर्ना गर्दै राज्यले दमन गरे त्यसको शसक्त प्रतिरोध गरिने चेतावनी दिनुभएको छ । उहाँले पार्टीको अभियान कुनै पनि अवस्थामा नरोकिने र निरन्तर अगाडी बढ्ने समेत बताउनु भयो ।
एकहजार भन्दा बढी विशाल जनसमुदायको उपस्थितिमा सांस्कृतिक नाँच प्रस्तुत गरिरहेको बेला ठूलो संख्यामा प्रहरी आएर हस्तक्षेप गरेपछि जनताले त्यसको प्रतिरोध समेत गरेका छन् । प्रहरी हस्तक्षेपका वावजुद कार्यक्रम नरोकिएको क्षितिज सांस्कृतिक परिवारका इन्चार्ज संयोगले बताउनु भयो । नेकपाले देशैभर तीन महिने संगठन सुदृढीकरण तथा प्रतिरोध अभियान सञ्चालन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार