logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चन्द्र गिरी हिल्स बैठकमा किन बोलाएन नारायण काजी श्रेष्ठलाई ?


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

पोखरा- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित चार शीर्ष नेताको आवासीय बैठक चन्द्रागिरि हिल्समा बसेको छ। बिहीबार राति बसेको बैठकमा अध्यक्ष द्वयका साथमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए।

पार्टी एकतालाई अन्तिम रुप दिन चार नेता आवासीय बैठक बसेको नेकपाका एक नेताले बताए। लामो समयदेखि पार्टी एकता अवरुद्ध भएको र यसले पार्टी पंक्तिमा निराशा उत्पन्न हुन थालेपछि नेताहरु एकता टुंग्याउन आवासीय बैठक नै बसेको स्रोतले बतायो।

बैठकका बारेमा सबै कुरा गोप्य राखिएको छ। ९ सदस्यीय सचिवालय रहेको नेकपाका ४ सदस्यमात्रै बैठकमा सहभागी भएपछि माधव नेपाल र नारायणकाजी श्रेष्ठको समूह भने असन्तुष्ट बनेको छ।

ओली प्रचण्ड समूहले भने कार्यदलका सदस्य रहेका पौडेल र थापासँग अध्यक्षद्वय बसेर अन्तिम टुंगो दिने तयारी गरेको प्रतिक्रिया दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार