राजनीति
पाल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट मानिएको शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
मगरलाई शुक्रवार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।
उनीमाथि अनुसन्धान भइरहेको र आइतवार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका छन्