दुइ दिन अगाडी चन्द्रागिरी बसाइ गरेका प्रधानमन्त्री केपी ओली आज रात्री भोजको आयोजना गर्दैछन । आफ्ना नजिकका भनिएका पात्रहरु सहित बसेको चन्द्रागिरी ट्रीटमा के के पाक्यो खास बाहिर आएको छैन । नया बर्षको अघिल्लो रात भोज र नया वर्षको दिन प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने कुराले राजनीतिक बृतमा एउटा चासो बढाएको छ । चैत्र मसान्तसम्म मिति तोकेका ओली र विप्लव बिचको संघर्ष अब कता जान्छन र के भन्लान भन्ने चासो सर्वत्र देखिन्छ ।
पछिल्ला केहि वर्ष देखि बिद्रोही शक्तिको रुपमा मुकुकभर गतिविधि संचालन गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि दुवैपक्ष एकअर्काप्रति आक्रामक ढंगले प्रस्तुत भएका छन् ।
वर्तमान ओली नेतृत्वको सरकार विप्लव नेकपा लाई न्युनतम गतिविधि गर्नै नदिने गरी प्रस्तुत भएको छ भने विप्लव आफ्ना नेता तथा कार्यकर्तामाथि भएको सरकारी धरपकड र प्रतिबन्ध फिर्ता नगरे सम्म कडै ढंगले प्रतिवाद गर्ने ट्याक्टिसमा रहेकोे बुझिन्छ । यि दुवै पक्षको आक्रमक अभिव्यक्ति र अडानले चैतपछि मुलुकमा मुठभेडको अवस्था निम्तने खतराको संकेत प्रसस्तै देखिन्छ ।
विप्लव नेकपाले देश भर सगठन बिस्तार र संघर्षका कार्यक्रम अगाडि बढाए पछि सरकारले एक्कासी प्रतिबन्ध लागाए पछि तिक्तता झनै झाङ्गिएको हो । यति सम्मकी एकले अर्कालाई सुध्रीन आज सम्म (चैत मसान्त)को अल्टिमेटम दिएका छन् । आजको दिन सम्म पनि वार्ताको ढोका पनि बन्द भैन सकेको भने छैन । समस्या समाधानको सम्भावना भने जिवितै रहेकोमा राजनीतिक बिश्लेषकहरु आशावादी नै देखिन्छन् ।
झन्डै एक महिना अगाडी सरकारका प्रमुख प्रधानमन्त्री केपी ओलीले विप्लव नेकपालाइ लाई चैत मसान्तसम्म वार्तामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ समेतलाई पक्राउ गर्ने चेतावनी दिएका थिए । सोहि दिन नि विप्लवले पनि सरकारलाई चैत मसान्तसम्ममा आफूमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न चेतावनीसमेत दिएका थिए । यसले भोली बाट (चैत्र पछाडी) मुलुक कता जान्छ अनुमान लगाउन कठिन भएको छ ।
सरकारका प्रमुख प्रधानमन्त्री केपी ओली र नेकपाका प्रमुख विप्लवबीच एकअर्काप्रति लक्षित भिडन्तको अनुमान गर्न सकिने दृश्य यस्ता छन ।
दृश्य १– प्रधानमन्त्री केपी ओली :
‘विप्लव नामको समूह छ । चन्दाको नाममा लुटपाट गरिएको छ । वार्ताका लागि बोलाइयो, आएन । सरकारले त्यसको विध्वंश रोक्दा कतिलाई हनहनी ज्वरो आयो । लोकतन्त्रमा जनता मार्न पाइन्छ ? लुट्न पाइन्छ ? सरकार शान्ति सुरक्षा कायम गर्न अघि बढिसकेको छ । सरकार अघि बढिसक्यो ब्याक गियर छैन । यस्ता विध्वंशात्मक गतिविधि नियन्त्रण गर्छ, गर्छ । हतियार बुझाउन अझै समय छ’, सङ्घीय संसदको हिउँदे अधिवेशन समापन गर्दै चैत १० गते संसदमा प्रधानमन्त्रीले भनेका थिए ।
दृश्य २– प्रधानमन्त्री केपी ओली :
विकास निर्माण, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने मान्छे मार्ने अनि हसिया हथौडा अङ्कित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृत्ति सरकारले नियन्त्रण गर्छ । सरकारले गरिरहेको कामलाई कसैले अवरोध गर्यो भने त्यसलाई छाड्दैन । चैतभित्रै यस्ता गतिविधि नियन्त्रण हुन्छन् । विप्लव समेत नियन्त्रणमा पर्छन्’, चैत ११ गते बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले विप्लवलाई चैत मसान्तसभित्रै नियन्त्रणमा लिएरै छाड्ने दाबी गरेका थिए ।
दृश्य १– नेत्रविक्रम चन्द ‘विप्लव’ :
केपी–प्रचण्डको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ । हाम्रो पार्टीले राष्ट्रघाती, भ्रष्ट, ठग, मानव तस्कर, मजदुरमाराहरुलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आम जनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै प्रतिबन्ध घोषणा गर्दै चरम फाँसीवाद लाद्न पुगेको छ’, विप्लवले चैत ११ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई काउन्टर जवाफ फर्काएका छन् ।
दृश्य २– नेत्रविक्रम चन्द ‘विप्लव’ :
यही चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कामकारबाहीविरुद्ध प्रतिबन्ध र आमहड्तालको तयारी गर्छौं’ विप्लवले चैत ११ गते नै जारी गरेको विज्ञप्ति जारी गरेका बिप्लवको पछिल्लो बिज्ञप्तीमा बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेकाछन । बैशाख ६ बाट प्रधानमन्त्री पुग्ने ठाउमा प्रतिबन्ध गर्ने घोषणा गरेका छन ।
यिनै दृश्य भित्र बाट भोली बैशाख १ मा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दैछन । ओली विप्लव नेतृत्वको पार्टीका बारेमा के बोल्छन र के गर्छन भन्ने चासो आम जस्तै देखिन्छ । तर हामी मुलुकको राजनीतिक बृतका राजनीतिक समस्याको हल राजनीति बिधी बाट होस भन्ने कामना सहित नया वर्षको शुभकामना दिन सक्छौ ।