logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका युवाले गरे ओली सम्बोधनको काउन्टर , बुढेसकालमा वेतुकका कुरा गर्न छोड्नुस


  • अखिल बिश्वकर्मा
  • आइतबार, बैशाख १ २०७६

पछिल्लो समय एनसेलको लुट विरुद्ध भन्दै अभियान चलाएका चर्चित युवा अभियन्ता तथा विप्लव नेतृत्वको नेकपाका युवा नेता नरबहादुर कार्कीले प्रधानमन्त्री केपी ओलीलाइ बुढेसकालमा वेतुकका कुरा नगर्न सुझाव सहितको शुभकामना दिएका छन । केपी ओलीले नया वर्षको शन्दर्भमा राष्ट्रको नाममा सम्बोधन गरेको केहि घन्टामै कार्कीले सामाजिक संजाल फेसबुक मार्फत ओलीलाइ व्यंग्यात्मक र कडा प्रहार सहितको शुभकामना ब्यक्त गरेकाछन ।

आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै प्रधानमन्त्रीले कम्तीमा नया वर्षको दिन पनि झुट बोल्न नछोडेको आसय व्यक्त गरेकाछन । उनले प्रधानमन्त्रीले अहंकार त्याग गर्न नसकेको र जनतालाइ प्रश्न सोध्न समेत नपाउने बनाएर उपलब्धिको भाषा बोल्नु मनासिव नभएको बताएकाछन । उनले वर्तमान प्रधानमन्त्रीको पालामा भएका राजनीतिक,सामाजिक ,आर्थिक धार्मिक सास्कृतिक भ्रष्टिकरणको फेहरिस्त सहित आफ्नो तर्क पेस गरगरेकाछन ।

उनको स्टाट्स जस्ताको तस्तै

प्रधानमन्त्री ज्यु
नयाँ बर्षको शुभकामना छ !

जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्य हरु र असन्तुष्टिका आवाज लाई नमिलेका प्रश्न वा ‘राजनीतिको आवरणमा हिन्सा’ भनेर फेरिपनी आफ्नो अहङ्कारलाई ‘क्यारि ओभर’ गर्नु भयो २०७६ सालको शुरुवातमा, म अरु अपेक्षा राख्दिन तर तपाईंकै भाषामा केही प्रश्न गर्न चाहन्छु । भ्रष्टाचार बिरुद्दको अभियान बन्यो २०७५ साल भन्नु भो- यसमा हामी हास्नु पर्ने हो वा प्रश्न गलत भो?

ब्यापार घाटा १५ खर्ब, नेपालीको ऋण सात हजार थपिनु, महालेखाले आर्थिक अनुशासन ध्वस्त भो भन्नु, सर्बोच्वले एन्सेल लाई दोषी देखाउनु, मेलम्चिको गती तपाईंकै पालामा अबरुद्द हुनु, सेना बहसमा तानिनु र नेपालमा धार्मिक अतिक्रमणको बिजारोपणमा सरकार सङ्लग्न हुनु ले तपाईंकै प्रसन्सकले पनि के ठान्ने ? तपाईंले देखाएका प्रगतिको सुची भित्र आम जनताको बिहान बेलुकी कहाँ जोडीएको छ ? कानुन बनाएको बर्षको रुपमा उत्सब मनाएर भोक मर्दैन, बेरोजगारी टर्दैन, तपाईंको सम्बोधन सुन्ने मान्छे हरेक दिन देश छोडिरहेका छन । आधा घण्टामा दर्जनौ कानुन पारीत गरिएका छन र तिनिहरुमा भएका त्रुटी सच्याउन अब अर्को बर्ष पनि लाग्ला शायद ।

म प्रश्न परिवर्तन गर्छु, तपाईंको प्रशासनले हिरासतमा लिएका सयौ युवा तथा राजनीतिक अभीयन्ताहरु को हुन? आफुलाई पायक पर्ने प्रश्न सोध्न सिकाउनु भएको छ, तरिका ठिकै हो तर यथार्त के हो भने तपाईंहरुलाई जागिर खाना पठाउने जनता सबै खाले प्रश्न सोध्न स्वतन्त्र छन । जवाफ छैन भने त्यो- तपाईंको बाध्यता हो, मजबुरी हो र इमान्दारिता होइन । प्रश्न अहिले जनताले सोधेका छैनन- तपाईं वारीपरिका घटना स्व्यम प्रश्न बनेका छन ।

बालुवाटारको जग्गा, वाइडबडी बारेको मौनता, सुनकाण्ड, स्थानिय सरकार र केन्द्रको भ्रष्टाचार, जन आवाज र बिमती सँगको ‘फोबिया’ जस्तो देखिने सरकारी रबैया, गाउमा अकारण गरिएका गस्ती र झुट्टा मुद्दा, तपाईंका मानानीय सभासद को हिस्साको अरबौ बजेट, पानी पधेरो बनेको अमेरिका मोह, इन्डोप्यासिफिक रणनिती र नेपालको पोजिसन, बेलागाम दाता वा गैह सरकारी पैसाको ब्यवसाय, करप्सन पर्सेप्सन इन्डेक्समा लज्जा जनक अवस्था आदी तथ्य बारे जवाफ दिनु भएन । प्रश्न गर्न सिकाउनु हुन्छ ? प्रश्न तपाईंको वारीपरी आँफै नाचिरहेका छन ।

लगानी सम्मेलन सफल भो कि असफल ?  एउटा एनेक्डट प्रयोग गर्नु भएछ ‘नेपाल विश्वको उदाउदो अर्थतन्त्र’ भनेर सरकारको प्रसन्सा भो रे! नेपाली बैंकको पैसा बिदेशी परीयोजनालाई सुनिशिचित गर्नु लगानी सम्मेलनको सफलता हो ?
सतलजले अरुण बनाउने हो कि नेपालीले बनाएर सतलज (भारत) लाई सुम्पने हो ?
समाज को चरित्र र चाहना शान्ती र सम्ब्रिद्धी भन्नु भयो, प्रश्न सरकारको चरित्रको हो । युवा र खोला बाहेक बेच्ने के छ ? रेमिट्यान्स कृषि र पर्यटन बाहेक धान्ने के छ? यि कुनै पनि क्षेत्रमा सेमत ध्यान छैन, किनकी तपाईंहरु हरेक हप्ताको हाट बजार जाँदा फरक लुगा लगाये जस्तो मौसमी कुरा गर्नु हुन्छ ।

आम जनताका प्रश्न पुरानै छन । दलाल अर्थ ब्यबस्था आँफै सकिन्छ? नेपालमा रोजगारी खै? नितिगत भ्रष्टाचारको धमिरा बाट देश कहिले मुक्त हुन्छ? नेता केन्द्रित शासनको सट्टा जनता केन्द्रित शासन कहिले आउछ? मिचिएका सिमा फिर्ताको लागि के पहल र नतिजा आयो? स्वास्थ्य र शिक्षा जस्ता आधारभुत कुरा राज्यले जिम्मा कहिले लिन्छ? स्वास्थ्य बिमा कहाँ पुग्यो? युवालाई बिना धितो ऋण कहाँ छ? नयाँ नयाँ शिलन्यास र घोषणाले फुर्सद छैन- चाइना बाट चुचो भएको रेल सिमानामा छ कि नुवाकोट तिर आइ पुग्यो? तपाईं प्रश्न सोध्ने तरिका होइन- उत्तरको तयारी गर्न सिक्नु पर्छ जस्तो लाग्छ ।  तपाईंको शुभकामना मन्तब्य कुनै एन्जिओको आवधिक समिक्षा होइन- शासन हातमा भएका कार्यकारीले आफुले बोलेका बाचाको नतिजामुलक र तथ्य परक जवाफ दिनु हो ।
एक बर्षमा चमत्कार किन भएन भनेर कसैले सोधेकै छैनन । कटु यथार्त के हो भने तपाईंका सल्लाहकारहरु र मन्त्री परिषदमा डराएका मान्छे छन, जागिर खाने र जागिर जोगाउने भन्दा माथि सोच्ने कसैलाई फुर्सद र हिम्मत छैन । तपाईंको असल सल्लाहकारले तपाईंलाई यो पनि सिकाउदो हो कि, गल्ती र कमजोरी धेरै गरिएको छ, व्याबहारिक र नितिगत सिप पुगेन, राजनीतिक व्यबहार गर्न जानिएन, स्टेट र पार्टिलाई कर्पोरेट इन्फेक्सन भो, सुधारन चाहन्छौ भन्नु थियो ।
तपाईंलाई यो बुढेसकालमा गलत देखिन नपरोस भन्ने छ- तपाईंलाई सही थापेर  आफु बनिया बन्नेको घेरामा परेको प्रष्टै हुन्छ । खैर तपाईंको काम तपाईंको जिम्मा । तर ठुलो तुक र अर्थको नभएपनी- धेरै बेतुकका कुरा आउन छोडुन, यसले नयाँ बर्ष अली राजनीतिक र बैचारिक बहसको मार्गमा जानेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार