logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विप्लव नेकपाका पोलिटब्युरो सदस्य कार्कीलाई किन लगियो संखुवासभा


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

संखुवासभा -विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) लाई संखुवासभा पुर्‍याइएको छ ।

मंगलबार पोलिटब्यूरो सदस्य कार्कीलाई संखुवासभा पुर्‍याइएको स्रोतले बताएको छ ।ललितपुर बाट पक्राउ परेका कार्की लाई रिहा भए लगत्तै संखुवासभा ल्याइएको बताइएको छ ।

उनलाई हातहतियार तथा खरखजना संगठित अपराध अन्र्तरगतको मुद्दा दर्ता भएको स्रोतको भनाइ छ । उनलाई २०७६ बैशाख ३ गते सम्मको म्याद थप गरिएको बताइएको छ ।

गत चैत्र १३ गते काठमाडौंबाट पक्राउ परेको जिल्ला इन्र्चाज देव गुरुङ र जिल्ला सदस्य सुनिता किरातीलाई सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप छ ।

प्रहरीले संखुवासभाका विभिन्न स्थानबाट विप्लवका ९ जना नेता कार्यकता पक्राउ गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार