logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

प्रधानमन्त्री निवास अगाडि बिरोध प्रदर्शन


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि आज बिहान विवेकशील साझा पार्टी प्रदर्शन गरेको छ।

बालुवाटारको जग्गा व्यक्तिका नाममा खरिदबिक्री प्रकरणमा खबरदारी गर्दै विवेकशील साझाले प्रदर्शन गरेको हो।

बालुवाटारको जग्गा खरिद प्रकरणमा नेकपा महासचिव बिष्णु पौडेलको पनि नाम जोडिएको छ । उनले पनि सरकारी जग्गा २०६१ मा आठ आना खरिद गरेको स्वीकारेका छन्।

त्यस्तै, हायात होटललाई भाडामा दिएको जग्गाका विषयमा पनि विवाद उत्पन्न भएको छ । घाटामा देखाएर अनियमितता गरेको आरोप छ । सरकारले हायात होटललाई एक सय ५० रोपनी जग्गा दिएको छ।

यसमा कारवाहीको माग गर्दै विवेकशील साझाले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको हो । विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसहित नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार