logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रम ओली जी तपाइको बोली सच्चाउनुस -विमलेन्द्र निधी


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदअनुसारको बोली र व्यवहार गर्न आग्रह गरेको छ । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसप्रति लक्षित गर्दै ‘नन्दी भिङगी’को संज्ञा दिएपछि कांग्रेसले पदअनुसारको बोली र व्यवहार गर्न आग्रह गरेको हो।
ओलीको भनाइप्रति सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीलाई संयमित भएर आफ्ना धारणा राख्न सुझाव दिँदै सबैले सम्मान गर्न लाएक प्रधानमन्त्री बन्न आग्रह गरे ।

ओलीले सोमबार ‘खोलौं बैंक खाता अभियान’ सुरु गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको तयारीप्रति लक्षित गरी ‘विभिन्न आकार प्रकारका नन्दी भिरङगी भेला भएर आन्दोलन गर्छौ भनेछन्’ भन्दै कटाक्ष गरेका थिए ।

उनले भने, ‘प्रधानमन्त्रीले हिजो बोलेका कुरा अत्यन्त आपत्तिजक छ । एउटा देशको प्रधानमन्त्रीले ‘नन्दी भिरङगी, अरिंगाल बन’ भनेर भन्नु कत्तिको उपयुक्त हो? यो प्रधानन्त्रीले बोल्न कुरा होइन । प्रोभेकेटरले बोल्ने कुरा हो । प्रधानमन्त्रीको सम्बोधन आउँदा सिंगो देशवासीले चासो पूर्वक सुनिरहेका हुन्छन् । प्रधानन्त्रीले बोल्दा एउटा पार्टी, पार्टीको पनि गुटको नेताको जस्तो कुरा गर्ने होइन ।’

त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको आउँदा बालबाललिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको जिकिर गरे । ओलीले बोलेका अरिंगाल, बुद्धिजिवीलाई तह लगाउने, नन्दी भिरिङ्गी जस्ता शब्दले समाजमा नकारात्मक भावना फैलाएको शर्माको भनाइ थियो ।

‘हाम्रा प्रधानमन्त्री टिभिबाट बोल्न लाग्दा बालबालिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्रीको नकरात्मक शोच र शैलीबाट बचाउनुपर्ने स्थित छ ।’ उनले पनि प्रधानमन्त्री ओलीलाई जिम्मेवार बोली र व्यवहार गर्न आग्रह गरे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार